राजनीति


रविले राखे यस्तो प्रस्ताव, विपक्षी दलले गरे अस्वीकार

रविले राखे यस्तो प्रस्ताव, विपक्षी दलले गरे अस्वीकार

नेपालखबर
जेठ २५, २०८३ सोमबार १३:१८, काठमाडौँ

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्ताव अस्वीकार गर्दै विपक्षी दलहरूले संसद् बैठकमा अवरोध कायमै राख्ने भएका छन्।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलले सत्ता पक्षको आग्रह इन्कार गरेको हो। 

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सभापति लामिछानेले संसद्‌मा जारी गतिरोध अन्त्यका लागि विपक्षीसमक्ष प्रस्ताव राखेका थिए।

‘सदन अवरुद्ध हुने अवस्थालाई निराकरण गरेर जानुपर्छ भन्ने कुरा सभापतिज्यूबाट अनुरोध भयो। सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रीले प्रस्ट्याउने केही कुरा राखेको छ, आवश्यक पर्छ भने त्यो कुरा सदनमा पनि राख्न सकिन्छ भन्ने कुरा सभापतिले राख्नुभएको थियो’, बुर्लाकोटीले नेपालखबरसँग भने।

उनका अनुसार भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्तिलगायत विषयमा सभापति लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा बोल्ने प्रस्ताव राखिए पनि विपक्षीहरू नमानेका हुन्।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकबाटै ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनी दिएको अभिव्यक्ति पुष्टि हुने प्रमाण दिन वा संसद्‌को रेकर्डबाट उक्त अभिव्यक्ति हटाइनुपर्ने अडान प्रतिपक्षी दलहरूले राखे। 

जसले गर्दा आजै बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad