समाज


रवि लामिछानेलाई अदालतले छोड्न मानेन, थप ५ दिन थुन्न आदेश

रवि लामिछानेलाई अदालतले छोड्न मानेन, थप ५ दिन थुन्न आदेश

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ११:३३,

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालत चितवनले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई मंगलबार दोस्रो पटक जिल्ला अदालत चितवनमा पेस गरेको थियो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले ५ दिन थुनामा राख्न माग गरेकोमा अदालतले ५ दिनकै लागि म्याद दिएको हो।

२०७६ साउन ३० मा काठमाडौंबाट नियन्त्रणमा लिएका उनीहरुलाई पहिलो पटक ३१ साउनमा अदालत उपस्थित गराइएको थियो। त्यतिबेला पनि अदालतले ५ दिन नै थुन्न आदेश गरेको थियो।

राजधानीबाट गएका रवि लामिछानेका कानुन व्यवसायी सुनिल पोखरेलसहितले धरौटीमा छोडी कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका थिए। अदालतको तीन नम्बर बेञ्चमा भएको सुनुवाईमा न्यायाधीशले दुवै पक्षको बहस सुनेका थिए।

प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आत्महत्या दुरुत्साहनमा पक्राउ परेका लामिछानेसहित ३ जनालाई नै थप ५ दिन थुन्न अनुमति दिएका हुन्। अनुसन्धानको काम बाँकी रहेको प्रहरी भनाइ छ।

यसअघि सोमबार र मंगलबार गरी जिल्ला सरकारी वकिलको कार्यालयमा तीनै जना अभियुक्तसँग बयान लिने काम भएको थियो।

सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका थिए। उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका छन्।

पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी थिइन्।

पोस्टमार्टम रिपोर्टले झुन्डिएकै कारण पुडासैनीको मृत्यु भएको देखिएको छ। चितवन प्रहरीका अनुसार र पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ। प्रहरीले यसअघि नै उनको मोबाइल सञ्चालन भएयताका सबै डाटा रिकोभर गरिसकेको छ। पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रवक्ता एसपी दीपक रेग्मी चितवनमै छन् ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

सम्बन्धित लिंक:

१. रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो?

२. 

३. 

४. 

५. 

६. 

७.  

८. अस्मिताको भिडियो बयानः पूर्वप्रेमीजस्तै देखेर फेसबुक ‘फ्रेन्ड रिक्वेस्ट’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad