ग्लोबल


स्विट्जरल्यान्ड पुगे ट्रम्पका दूत र ज्वाइँ, आज इरानसँग वार्ता हुने आशा

स्विट्जरल्यान्ड पुगे ट्रम्पका दूत र ज्वाइँ, आज इरानसँग वार्ता हुने आशा

ट्रम्पका दूत स्टिभ विटकफ (फाइल फोटो)


नेपालखबर
असार ७, २०८३ आइतबार ५:१५, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग आज (आइतबार) नै वार्ता  सुरु हुन सक्ने बतएका छन्।

वार्ताका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेको उनले बताए।

शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारै सुरु हुन सक्ने बताएका छन्।

यसैबिच इरानले लेबनानमा इजरायलले गरेको आक्रमणको विरोध गरेको छ।

अमेरिकासँग भएको समझदारीमा इरान र यस क्षेत्रका लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्ने भनिएको थियोे। साथै शुक्रबार मात्र इजरायल र लेबनाननबिच युद्धविराम घोषणा गरिएको थियो। तर त्यसको ८ घण्टापछि नै शनिबार बिहान इजरायलले लेबनानमा आक्रमण गर्‍यो।

यसपछि इरानको मुख्य सैन्य कमान्ड खातम अल अन्बियाले हर्मुज स्ट्रेट पुन: बन्द गरिएको घोषणा गरेको छ।

अमेरिकाले नयाँ शान्ति समझदारी उल्लङ्घन गरेको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम तोडेको भन्दै इरानले यस्तो कदम चालेको हो।

तर अमेरिकी उपराष्ट्रपति भान्सले इरानले हर्मुज जलमार्ग बन्द गरेको कुनै प्रमाण नदेखिएको दाबी गर्दै फक्स न्युजसँग भनेका छन्, 'हामीले इरानीहरूले हर्मुज स्ट्रेट बन्द गरेको कुनै प्रमाण देखेका छैनौँ। तर त्यहाँ रहेका विस्फोटक पदार्थ हटाउन केही समय लाग्ने भएकाले पूर्ण रूपमा नियमित जहाज आवागमनका लागि केही समय लाग्नेछ।'

यसैबिच पाकिस्तानको विदेश मन्त्रालयले इस्लामावाद समझदारीपत्र अनुसार अमेरिका र इरानबिच प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुने दाबी गरेको छ।

पाकिस्तानका अनुसार वार्तामा दुवै देशका प्रतिनिधि तथा मध्यस्थकर्ता पाकिस्तान र कतारका प्रतिनिधिहरू सहभागी हुनेछन्।

जसमा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह निरन्तर गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad