खेल


ट्युनिसियाविरुद्ध जापानको सानदार जित

ट्युनिसियाविरुद्ध जापानको सानदार जित

नेपालखबर
असार ७, २०८३ आइतबार ११:४४, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकालेको छ। 

स्टाडियो मोन्टेरीमा भएको खेलमा जापानले ट्युनिसियाविरुद्ध ४-० को जित निकालेको हो। 

जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्‍यो। समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका थिए। 

दाइची कामाडाले चौथो र आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा गोल गरेका हुन्। त्यसैगरी जुनियले ६९औँ मिनेटमा गोल गरे। 

यो जितसँगै जापानको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ। दुई खेलबाट जापानको ४ अंक भएको छ। 

सो समूहबाट नेदरल्यान्ड्सको पनि समान ४ अंक छ। ३ अंक रहेको स्विडेन तेस्रो र अंकविहीन अवस्थामा ट्युनीसिया पुछारमा छ। 

जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो।

ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो ।

जापान र ट्युनिसिया २००२ पछि विश्वकपमा पुनः आमनेसामने भएका हुन्।

त्यतिबेला जापानले ट्युनिसियालाई २–० गोलले पराजित गरेको थियो। 

विश्वकप फुटबल अन्तर्गत आज राति नेपाली समयअनुसार पौने १० बजे स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति पौने १ बजे बेल्जियम र इरान, भोलि बिहान पौने ४ बजे उरुग्वे र केपभर्डे अनि बिहान पौने ७ बजे न्युजिल्यान्ड र इजिप्टले खेल्ने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad