समाज


रवि लामिछाने सहित तीन बिरुद्ध किटानी जाहेरी

रवि लामिछाने सहित तीन बिरुद्ध किटानी जाहेरी

नेपालखबर
भदौ १, २०७६ आइतबार १०:३७,

मृत्तक शालिकरामका हकमा श्रीमती शर्मिला पुडासैनीले आईतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन्। प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीले आफ्ना श्रीमान शालिकरामलाई मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेकोले कानून बमोजिम अनुसन्धान र कारबाहीको माग किटानी जाहेरीमा गरिएको छ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले परिसर मार्फत चितवन प्रहरीमा चढाएको किटानी जाहेरी प्राप्त भएको बताए। उनले जाहेरीमा उल्लेख भएका बिषय गोप्य रहने बताए।

‘हामीलाई प्राप्त भएको जाहेरी चितवन पठाईसकेका छौं,’ डीएसपी बोगटीले भने ‘अनुसन्धान र कारबाहीको अधिकार चितवन प्रहरीको हो, हामी माध्यम मात्र हौं।’

पत्रकार शालिकरामले साउन २० मा चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुमा झुण्डिएर आत्महत्या गरेका थिए।

उनले मर्नुअघि तयार पारेको दुई थान भिडियो बयानका आधारमा प्रहरीले रवि, युवराज र अस्मितालाई बिहीबार पक्राउ गरेर चितवनमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .