पाल्पामा पौडी खेल्दा कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवकसहित २ जनाको शव फेला परेको छ।
गएको बिहीबार साँझ पौडी खेल्ने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेका शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए।
प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा उनीहरूको शव भेटिएको हो।
शिशिरको घटनास्थल नजिकै र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले जानकारी दिए।
नदीमा पानी धमिलो हुँदा खोजीको लागि समय लागेको प्रहरीले जनाएको छ।
60
Shares

प्रतिक्रिया