समाज


प्रस्ताेता रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

प्रस्ताेता रवि लामिछानेलाई  ५ दिन हिरासतमा राख्न अदालतको आदेश

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ७:३४,

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका ‘सिधाकुरा जनता’सँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतलले म्याद दिएको छ।

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले तीनजनाका हकमा दुरुत्साहन मुद्दा प्रक्रिया अघि बढेको बताए। उनले पहिलो पटकलाई ५ दिन म्याद दिएको नेपालखबरलाई बताए।

प्रहरीले शुक्रबार रवि सहित युवराज कँडेल र अस्मिता कार्कीलाइ अदालतमा पेश गरेकाे थियाे। न्यायाधीश बिनाेदकुमार गाैतमकाे इजलासले प्रहरीलाइ अनुसन्धान म्याद दिएकाे हाे। 

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए।

भिडियोमा करिब १० मिनेटभन्दा बढी उनले आफ्नो मृत्युको कारणबारे खुलाएका छन्। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने लगायत तीनजनाले आत्महत्याका लागि बाध्य परेको बताएका छन्।

त्यही भिडियोका आधारमा अनुसन्धान अगाडि बढाउन भन्दै प्रहरीले पत्रकार लामिछाने सहित तीनजनालाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .