विराटनगरमा आकर्षक उपहारको प्रलोभन देखाई चिट्ठा मार्फत सर्वसाधारणलाई ठगी गर्ने एक जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका वडा नम्बर-११ महेन्द्र चोक बस्ने ३५ वर्षीय सुवास राईलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी टोलीले जाँँच गर्दा राईलाई उक्त कम्पनीको नाममा रहेका विभिन्न कागजात र रसिद सहित चिट्ठा खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट कस्टोर बुक लेखिएको १ थान किताब, ग्राहकहरूको नामावली उल्लेख भएको १५३ थान प्रिन्टेट पाना, ग्राहकहरूलाई दिइएको उक्त कम्पनीको नामको १५० थान रसिदको अर्धकट्टी र ४ थान अग्रीम बुकिङ फारम समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार राईमाथि चिट्ठा ऐन २०२५ अन्तर्गत चिट्ठा सम्बन्धी मुद्दा कसूरमा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
Shares

प्रतिक्रिया