समाज


मकवानपुरको गढीमा सुमो दुर्घटना, दुईको घटनास्थलमै मृत्यु, तीन जना गम्भीर घाइते

मकवानपुरको गढीमा सुमो दुर्घटना, दुईको घटनास्थलमै मृत्यु, तीन जना गम्भीर घाइते

नेपालखबर
असोज १८, २०७७ आइतबार ८:५७,

मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उक्त सुमोमा चालकसहित आठ जना सवार थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad