राजनीति


जर्मनीसँगको सम्बन्ध चिसियो, नेपाललाई भन्यो- कम्पनीका प्रतिनिधि सुरक्षित होलान?

जर्मनीसँगको सम्बन्ध चिसियो, नेपाललाई भन्यो- कम्पनीका प्रतिनिधि सुरक्षित होलान?

फाइल फोटो/अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मासँग जर्मन प्रतिनिधि


नेपालखबर
असार ११, २०८३ बिहिबार २२:१२, काठमाडौँ

राहदानी छपाईको ठेक्का पाएका दुई जर्मन कम्पनीविरुद्ध भ्रस्टाचार मुद्दा लगाएको विषयले दुई देशबीचको सम्बन्ध चिसिएको छ। विशेष अदालतमा दायर अभियोगपत्रमा कुनै प्रमाण नभएको भन्दै युरोपियन मुलुकले कुटनीतिक विरोध जनाएको हो। 

बिहीबार जर्मनीको विदेश मन्त्रालयले बर्लिनस्थित नेपाली दूतावासका अधिकारी समक्ष अदालती प्रक्रियाबारे असन्तुष्टि जनएको हो। जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुँयाललाई विदेश मन्त्रालयमै बोलाएर ‘प्रोटेष्ट नोट’ हस्तान्तरण गरेको छ। 

सरकारी स्वामित्वको भेरोडोसमाथि प्रमाणबिनै मुद्दा चलाएर कम्पनीको प्रतिष्ठामा आँच पुर्याएको उसको भनाइ छ। सम्झौता रद्द गरिए प्रतिष्ठा र व्यवसायिक नोक्सानी पुग्ने उसको भनाइ छ।

जर्मन कम्पनीहरूले पासपोर्ट डेलिभरीको काम अघि बढाइरहँदा असार ८ गते अख्तियारले विशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर गरेको थियो। 

राहदानी विभागमा जर्मन कम्पनीका १ लाख ५० हजार पासपोर्ट आइसकेका छन्।

ठेक्का पाएको कम्पनीले ‘प्रोजेक्ट लाइभ’ गर्न टोली नेपाल पठाउन लागेको भन्दै जर्मन सरकारले उनीहरुको सुरक्षाबारे पनि चासो राखेको छ। कम्पनीका प्रतिनिधि नेपालमा सुरक्षित रहलान् भन्ने उसको सरोकार छ।

राहदानी छपाइको दुईवटा प्याकेजमध्ये १ अर्ब ५५ करोडको ठेक्का म्युहलबाउर आईडी सर्भिस र ६ अर्ब ५५ करोडको ठेक्का भेरिडासले पाएका थिए।

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनिन्द्र मल्ल पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad