समाज


डाक्टरलाई धम्की दिने लम्कीचुहाकी मेयरलाई कारबाही गर्न चिकित्सक संघको माग

डाक्टरलाई धम्की दिने लम्कीचुहाकी मेयरलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपालखबर
असार १२, २०८३ शुक्रबार १७:२९, काठमाडौँ

कैलाली लम्कीचुहा नगरपालिका मेयर सुशीला शाहीले लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिडेन्ट डा. कमलेशप्रसाद यादवलाई गालीगलौज र धम्की दिएको भन्दै नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सकलाई धम्की दिने मेयर शाहीलाई कारबाही गर्न माग गरेको हो।

‘स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिरहनुभएका लगनशील चिकित्सकमाथि भएको यस्तो अमर्यादित तथा निन्दनीय कार्यको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नगर प्रमुख जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिद्वारा पदीय मर्यादाविपरीत यस्तो लज्जास्पद र अमर्यादित कार्य गरिनुले सेवामा समर्पित चिकित्सकहरूका साथै सिंगो स्वास्थ्य क्षेत्रको अपमान भएको संघको ठहर छ।’

संघले मेयर शाहीलाई कानुनी दायरामा ल्याएर शून्य सहनशीलता अपनाएर कारबाही गर्न माग गरेको छ।

‘समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न लम्कीचुहा नगरपालिकाका नगर प्रमुखलाई अविलम्ब कानुनको दायरामा ल्याई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम शून्य सहनशीलता अपनाई कडा कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad