समाज


विशाल बजारमा जीवनरक्षक उपकरण एईडी जडान

विशाल बजारमा जीवनरक्षक उपकरण एईडी जडान

नेपालखबर
असार १२, २०८३ शुक्रबार १६:२२, काठमाडौँ

काठमाडौँको न्यूरोडस्थित व्यापारिक केन्द्र विशाल बजारमा ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी)’ उपकरण जडान गरिएको छ। 

गैरसरकारी संस्था हाप्सा नेपालको पहलमा जीवनरक्षक उपकरण एईडी जडान गरिएको हो। अचानक मुटुको धड्कन बन्द (कार्डियाक अरेस्ट) भएका व्यक्तिको जीवनरक्षाका लागि उपयोगी हुन्छ। 

यसअघि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि एईडी उपकरण जडान गरिसकेको छ। विशाल बजार कम्प्लेक्स र नेपाल प्रहरी गर्ने उपकरणको सुरक्षा र निगरानी जनाइएको छ। 

उपकरण जडान कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अचानक हृदयघात भएका व्यक्तिको जीवनरक्षाका लागि यो प्रविधि अत्यन्तै उपयोगी हुने बताए। उनले आपतकालीन अवस्थामा प्रहरी प्रायः सबैभन्दा पहिले घटनास्थल पुग्ने हुँदा यस्ता उपकरण प्रयोगमार्फत बिरामी अस्पताल पुग्नुअघि नै जीवन बचाउन सकिने बताए। 

हाप्सा नेपालका उपाध्यक्ष उपाध्यक्ष  डा. कमल थापाले सार्वजनिक क्षेत्रमा एईडी जडान गर्नुको उदेश्य धेरै व्यक्तिको जीवन रक्षा गर्नु भएको बताए। ‘शपिङ सेन्टर र व्यावसायिक कम्प्लेक्स महत्वपूर्ण स्थान हुन्, किनभने यहाँ दैनिक हजारौँ आगन्तुकहरू आउने गर्छन् र अचानक हुने कार्डियाक अरेस्टमा छिटो प्रतिक्रिया दिन यस्ता स्थानहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्,’ डा. थापाले भने, ‘सार्वजनिक स्थानमा एईडीको मद्दतबाट हृदयघात भएका व्यक्तिलाई बचाउनु नै हाम्रो उदेश्य हो।’

हाप्सा नेपालका  संस्थापक अध्यक्ष डा. रामु खरेलले कार्डियाक अरेस्ट भएका व्यक्तिलाई तत्काल बचाउन एईडी उपकरण जडान गरेको बताए। 

अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी) प्रविधि मुटुको धड्कन अचानक बन्द भएको अवस्थामा प्रयोग गरिन्छ। यो सानो र सजिलै प्रयोग गर्न सकिने इलेक्ट्रोनिक उपकरण हो, जसले मुटुको धड्कन जाँच गरी आवश्यक परेमा विद्युतीय झट्का दिएर सामान्य अवस्थामा फर्काउन मद्दत गर्दछ। 

सार्वजनिक स्थानमा मुटुको घड्कन बन्द (काड्यिाक अरेस्ट) भएका व्यक्तिको तत्काल एईडीमार्फत मुटुको घड्कन फर्काउन सके बिरामीलाई बचाँउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad