राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानले मुलुकको सिमानासँग सम्बन्धित विषयमा निरन्तर पैरवी गरी देश र जनताका पक्षमा उल्लेखनीय योगदान पुर्याएबापत सीमाविद् श्रेष्ठलाई रु एक लाख एक हजार १११ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरे गरेको हो।
प्रतिष्ठानका अध्यक्ष प्राडा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ।
करिब तीन दशकदेखि सो प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पु¥याउने एक व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ।
नेपालको कूटनीतिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत डा.भेषबहादुर थापालाई गत वर्ष सो पुरस्कार प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया