समाज


२२ जना सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० घाइते

२२ जना सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० घाइते

नेपालखबर
असार १२, २०८३ शुक्रबार १५:१६, काठमाडौँ

स्याङजामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। २२ जना सवार जिप सडकमा पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन्।

वालिङ नगरपालिका–७ लभ्लि डाँडास्थित मिर्दि- चापाकोट सडक खण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको डवल क्याप बलेरो जिप दुर्घटना हुँदा वालिङ-७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ।

जिपमा २२ जना सवार भएकोमा २० जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा रिफर गरिएको छ भने २ जनालाई वुटवल पठाइएको छ। एकजना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।

जिप चालक स्याङजा वालिङ ७ कै वर्ष २८ को मिन बहादुर सारूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पोखरा रिफर गरिएका घाइतेहरुको विवरण
१) जि. स्याङ्जा वालिङ न.पा. -०७ बस्ने वर्ष ४६ की रुपकला सारू – टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस।
२) जि. रुपन्देही, गैडाहवा गा.पा. वडा नं. -०४ बस्ने वर्ष ५५ की सुमित्रा गुरूङ- टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस।
३) जि. नवलपरासी पूर्व कावासोती न.पा. -०५ बस्ने वर्ष ४१ की मायादेबी सुनारी- टाउको छाती, दाहिने हातमा चोट, अवस्था सिरियस।
४) ऐ.ऐ. बस्ने मायादेबी सुनारी की छोरी वर्ष १२ की कर्मिसा सुनारी – छातीमा चोट , अवस्था मध्यम।
५) जि. स्याङ्जा वालिङ न.पा.-०७ बस्ने वर्ष ४५ की जैकला सारू – शरिरमा भित्रि चोट, अवस्था मध्यम।
६) जि. कास्की पोखरा म.न.पा. वडा नं. -०९ बस्ने वर्ष २० की रुक्सना थापा – टाउकोमा चोट, अवस्था मध्यम।
७) जि. रुपन्देही देबदह न.पा. वडा नं. -०५ बस्ने वर्ष ४६ की कमला थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम।
८) जि. स्याङजा बिरुवा गा.पा. ०६ बस्ने बर्ष ३९ को टोप बहादुर थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम।
९) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ४९ की गौमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम।
१०) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ५९ को बेल बहादुर आले - छाती र ढाडमा चोट, अवस्था मध्यम।
११) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३० को कुमार सारु- छाती र ढाडमा चोट, अवस्था मध्यम।
१२) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३८ की ज्ञानुमाया सारू - छाती र ढाडमा चोट, अवस्था मध्यम।
१३) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २६ की आस्मा तामाङ सारु टाउको , वाँया हातमा चोट मध्यम।
१४) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २० महिनाकी प्रिन्सा सारु टाउको र हातमा चोट मध्यम आस्मा तामाङ सारुको छोरी।
१५) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बर्ष ४० की साबित्रा मगर छाती र खुट्टामा चोट मध्यम।
१६) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बस्ने बर्ष ५१ की धन कुमारी उचाई ढाड र वाँया हातमा चोट मध्यम।
१७) जि. रुपन्देही देवदह ना.पा. ६ बस्ने बर्ष ५१ कि नन्द कुमारी राना छाती ,हात र खुट्टामा चोट मध्यम।

बुटवल रिफर गरिएका घाइतेहरुको विवरण
१८) जिल्ला रुपन्देही, वुटवल तिलोतमा गा.पा.-७ भलभाडि निवासि वर्ष ७३ की भीमकुमारी थापा
१९) जिल्ला रुपन्देही,वुटवल तिलोतमा गा.पा.-७ भलभाडि बस्ने वर्ष ४७ की लालसुवा थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad