माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका विदेशी पर्यटक मंगलबार दुर्घटनामा परेका छन्। मनाङ एयरको हेलिकोप्टरमा मेक्सिकन नागरिक दुर्घटनामा परेका हुन्।
नेपाल घुम्न आएका उनीहरू माउन्टेन फ्लाइटको लागि सोमबार मात्रै लुक्ला पुगेका थिए। सोमबार मौषम खराबको कारण मंगलबार विहानमात्रै माउन्टेन फ्लाइट गरी काठमाडौं फर्किँदै थिए।
लुक्लाबाट बिहान करिब ७ बजे सुर्के होटलमा रहेको हेलिप्याडमा फ्युल हाल्न हेलिकोप्टर रोकियो। फ्युल हाल्नेबित्तकै पाइलट चेतबहादुर गुरुङले ५ पर्यटकसहित माउन्टेन फ्लाइटको लागि उडान भरे।
माउन्टेन फ्लाइट गरी लुक्ला पुगेर पौने १० बजे नै पाइलट गुरुङले हेलिकोप्टर सुर्के होटलमा रहेको हेलिप्याडमा पुर्याएका थिए।
‘पाइलट र पर्यटक दुवै लुक्ला बस्नु भएको रहेछ,’ सुर्के होटलकी सञ्चालकले भनिन्,‘हेलिकोप्टरमा फ्युल भरेर करिब १० बजे काठमाडौं फर्किएको थियो।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि हेलिकोप्टर १०ः०५ मा सुर्केबाट काठमाडौंका लागि उडान भरेको थियो।
‘मनाङ एयरको रजिस्ट्रेसन ९एन एएमभी हेलिकोप्टर ५ यात्रु लिएर १०ः०५ मा काठमाडौंका लागि उडेको थियो,’ प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ, ‘१०ः१३ मा लुक्ला टावरमा अन्तिम पटक सम्पर्क भएको थियो।’
मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेले हेलिकोप्टरले हिमालको दृश्य अवलोकन गरेर फर्किएको बताए।
‘हिजो मौषम खराबको करण हिमाली दृश्य अवलोकन गर्न सक्नु भएन,’ न्यौपानेले भने,‘आज (मंगलबार) हिमाली दृश्य अवलोकन गरी काठमाडौं फर्कँर्दै हुनुहुन्थ्यो।’
रुखमा ठोक्किएर हेलिकप्टोर दुर्घटना
सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए।
बाँस्तोलाका अनुसार अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली खटिएको छ।
असई बस्नेतले हेलिकोप्टर रुखमा ठोकिएर लिखु पिके गाउँपालिका–५ तर्फ झरेको बताएका छन्। बस्नेत नेतृत्वको टोलीले घटनास्थलबाट शव निकालेको छ। तर ती कसैको पनि शवको पहिचान हुन सकेको छैन।
हेलिकोप्टर दुर्घटनको जानकारी स्थानियले प्रहरीलाई दिएका थिए। दुर्घटनाको खोजीका लागि अल्टिटुउडका २ वटा हेलिकोप्टर, नेपाली सेना र प्रहरी घटना स्थलमा पुगेका थिए।
मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेले जहाज दुर्घटना भएको पुष्टि गरेका छन्। उनले चालक दल नेपाली र अरु म्याक्सिकन नागरिक भएको बताए।
पाइलटले भनेका थिए, ‘हतार छ, ११ बजे काठमाडौं पुग्नपर्छ।’
हेलिप्याड रहेको सुर्के होटलका अनुसार माउन्टेन फ्लाइट गरेर आएपछि १५ मिनेट मात्रै सुर्केमा बसेका थिए।
‘होटलमा धेरै समय बस्नु भएन,’ सुर्के होटल सञ्चालकले भनिन्,‘ ११ बजे काठमाडौंमा पुग्नुपर्छ भनेर हतार हतार गइहाल्नु भयो।’
मनाङ एयरको हेलिकोप्टर चेतबहादुर गुरुङले कमान्ड गरेका थिए। उनी अनुभवी र सिनियर पाइलट समेत रहेको न्यौपानेले बताए। मनाङ एयरमा १० वर्षदेखि कार्यरत थिए।
जसमा मेक्सिकन ३ महिला र २ पुरुष रहेका छन्। उक्त हेलिकोप्टरमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस सवार रहेको पुष्टि भएको छ।
अध्यागमन विभागका अनुसार म्याक्सिन नागरिक भारतको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आइतबार मात्रै काठमाडौं आएका थिए। उनीहरू १५ दिनको पर्यटन भिसामा नेपाल छिरेका थिए। अध्यागमनका अनुसार उनीहरूको पहिलो गन्तव्य नै सोलुखुम्बु रहेको थियो।
सम्बन्धित समाचार
- ५ जना विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
- सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकप्टर
- मनाङ हेलिकप्टर : १० बजेर १२ मिनेटसम्म सम्पर्कमै थिए पाइलट
- स्थानीयले दिए लामाजुरामा हेलिकप्टर दुर्घटनाको सूचना, प्रहरी टोली जाँदै
- बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक
- बेपत्ता हेलिकोप्टर खोज्न अर्को हेलिकप्टर परिचालन
- लिखुपिकेका उपाध्यक्ष भन्छन् : लाम्जुराको च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सुन्यौँ
- स्थानीय भन्छन्- हेलिकप्टर पहाडमा ठोक्किएको आवाज सुन्यौँ
- यी हुन् मनाङको हेलिकप्टरमा सवार ५ मेक्सिकन नागरिक
- चिनियाँ सहयोगका आयोजना तीव्र गतिमा अगाडि बढाउने सहमति
- रुखमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङको हेलिकप्टर, पाँचवटा शव भेटिए
- हेलिकप्टर दुर्घटनामा परेका ५ मेक्सिकन नागरिक १५ दिने भिसामा आइतबार आएका थिए काठमाडौं
- उडानअघि सुर्केमा पाइलटले भनेका थिए- हतार छ, ११ बजे काठमाडौं पुग्नुपर्छ
- हेलिकप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु भएको पुष्टि
- उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थल नजिक अवतरण हुन सकेनन्
- चार वर्षअघि सोलुखुम्बुमै दुर्घटनामा परेर बाँचेका थिए क्याप्टेन गुरुङ
- सोलुखुम्बु दुर्घटना : उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि पुग्यो
- मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने
Shares
प्रतिक्रिया