मनाङ एयरको हेलिकप्टर रुखमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटिएको छ।
सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए।
बाँस्तोलाका अनुसार अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली खटिएको छ।
असई बस्नेतले हेलिकप्टर रुखमा ठोकिएर लिखु पिके गाउँपालिका-५ तर्फ झरेको बताइएको छ।
अहिले बस्नेत नेतृत्वको टोलीले घटनास्थललबाट पाँचवटा शव निकालेको छ। तर ती कसैको पनि शवको पहिचान हुन सकेको छैन। एकजनाको शव अझै भेटिएको छैन।
उक्त हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा काठमाडौंको लागि उडेको थियो। त्यसपछि यो हेलिकप्टर उडेको ८ मिनेटमै बेपत्ता भएको हो।
तर लिखुपिके र दूधकुण्डको सिमाना लामाजुरामा पुगेपछि सम्पर्कविहीन भएको थियो।
सम्बन्धित समाचार
- यी हुन् मनाङको हेलिकप्टरमा सवार ५ मेक्सिकन नागरिक
- लिखुपिकेका उपाध्यक्ष भन्छन् : लाम्जुराको च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भेटियो
- बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक
- सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकप्टर
- मनाङ हेलिकप्टर : १० बजेर १२ मिनेटसम्म सम्पर्कमै थिए पाइलट
- ५ जना विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
- बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक
Shares

प्रतिक्रिया