ad ad

समाज


मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने

मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने

मनाङको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्रीसहितको टोल। तस्बिर : पर्यटनमन्त्रीको सचिवालय


नेपालखबर
असार २६, २०८० मंगलबार १६:१८, काठमाडौँ

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले सो जानकारी दिएका हुन्। 

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ।

मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।

सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए।

‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ। सेफ्टीमा कुनै सम्झौता हुँदैन। दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ,’ उनले भने, ‘हाम्रो पहिलो सर्त सुरक्षा हो। हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ। अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ। भोलिसम्ममा गठन हुन्छ।’

सञ्चारकर्मीहरुको प्रश्नमा फरक प्रसंगमा मन्त्री किराँतीले वर्तमान गठबन्धन सरकार आलोपालो गरेर सम्झौताअनुसार ५ वर्ष नै टिक्ने दाबी समे गरे।

उनले  सरकार छोडेर भाग्ने सुविधा कसैलाई नरहेको जिकिर गरे।

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .