सोलुखुम्बुबाट काठमाडौंका लागि उडेपछि बेपत्ता मनाङ एयरको हेलिकप्टरमा एकजना नेपाली पाइलटसहित ५ मेक्सिकन नागरिक रहेका पुष्टि भएको छ।
सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान १० बजेर १२ मिनेटमा उडेर काठमाडौं आउँदै गएको हेलिकप्टर दूधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकाको सीमास्थित लामाजुरा क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको हो।
सम्पर्कविहीन उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको लिखु पिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले बताएका छन्।

उनका अनुसार अहिले केही स्थानीयलाई दुर्घटनाग्रस्त क्षेत्रमा पठाइँदैछ। हेलिकप्टर क्षतविक्षत भएकाले यात्रुलाई जीवितै भेट्ने सम्भावना कम छ।
मनाङ एयरको हेलिकप्टर सीबी गुरुङले कमान्ड गरेका थिए।
जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन्।
मनाङको यात्रु लिस्टअनुसार हेलिकप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्।
सम्बन्धित समाचार
- लिखुपिकेका उपाध्यक्ष भन्छन् : लाम्जुराको च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भेटियो
- बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक
- सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकप्टर
- मनाङ हेलिकप्टर : १० बजेर १२ मिनेटसम्म सम्पर्कमै थिए पाइलट
- ५ जना विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
- बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक
Shares

प्रतिक्रिया