ad ad

समाज


मनाङ हेलिकप्टर : १० बजेर १२ मिनेटसम्म सम्पर्कमै थिए ‍पाइलट

मनाङ हेलिकप्टर : १० बजेर १२ मिनेटसम्म सम्पर्कमै थिए ‍पाइलट

नेपालखबर
असार २६, २०८० मंगलबार ११:२८, काठमाडौँ

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको ९ एन एएमभी कलसाइनको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन छ।

सुर्के हेलिप्याडबाट बिहान १० बजे उडेको हेलिकप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो। सोलुखुम्बुको लामाजुरासम्म हेलिकप्टर सम्पर्कमा रहेकोमा त्यसपछि लुक्ला टावरले काठमाडौं टावरलाई ह्यान्डओभर गरेको थियो। ह्यान्डओभर गर्दा हेलिकप्टर सम्पर्कविहीन भएको हो।

'पाइलटसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन। भिडिओ‌ ट्र्याक गरेर हेर्दा १० बजेर १२ मिनेटसम्म आकाशमै देखिन्छ। त्यसपछि सम्पर्क हुन सकेन। पाइलटसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ,' नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।

उक्त हेलिकप्टर पाँच जना विदेशी यात्रु बोकेर काठमाडौंका लागि उडेको थियो। हेलिकप्टरका पाइलट नेपाली हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .