सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाकै ज्यान गएको छ। सुरुमा ५ जनाको शव र पछि हेलिकप्टरले थिचिएको अवस्थामा अर्को शव फेला परेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
दुर्घटनामा परेको हेलिकप्टरमा एक चालक र २ पुरुष र ३ महिला गरी ५ जना मेक्सिकन नागरिक सवार थिए। मेक्सिकन नागरिक सोलुखुम्बुका हिमाली क्षेत्र अवलोकनका लागि सोमबार लुक्ला पुगेका थिए।
दुर्घटनास्थलमा बेनी प्रहरी चौकीको टोली पुगेर शव संकलन गरेको छ। जिल्लाबाट त्यसतर्फ लागेको टोली भने पुगिसकेको छैन। यस्तै काठमाडौंबाट हेलिकप्टरमा गएको टोली पनि खराब मौसमका कारण दुर्घटनास्थल आसपास हेलिकप्टर अवतरण गर्न सकेन।
सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर ८ मिनेटपछि दुर्घटनामा परेको हो। हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको पाइएको प्रजिअ भट्टराईले बताए।
यो पनि पढ्नुहोस्:
Shares

प्रतिक्रिया