धारिलो हतियार प्रहार गरी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोप लागेका ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगरसहित चार जना पक्राउ परेका छन्। उनलाई हत्याकै रात पक्राउ गरिएको थियो भने एक महिला र दुई पुरुष गरी थप तीन जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–६ पैयुटार बस्ने वर्ष ३८ को नेपाली ब्रो भन्ने कुमार थापा मगर, नुवाकोटकै तारकेश्वर–४ घर भइ हाल पैयुँटार बस्ने वर्ष ३६ को विक्रम थापा मगर, काठमाडौँ महानगरपालिका १६ बालाजु बस्ने वर्ष ४० को पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका १ घर भइ हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष २५ की प्रतिक्षा आचार्य रहेका छन्। पक्राउ परेका विक्रम मुख्य आरोपी कुमारका भाइ हुन्।
यही जेठ २२ गते तारकेश्वर नगरपालिका पैयुटारमा ‘नेपाली ब्रो’ भन्ने कुमार थापाले श्रीमतीलाई घरायसी विवादका कारण धारिलो हतियार चक्कु प्रहार गर्दा उनी घाइते भएकी थिइन्। उनलाई तारकेश्वर सिटी अस्पताल शेषमति हुँदै थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आरोपी कुमारलाई सोही दिन र उक्त घटनामा संलग्न भनि किटानी जाहेरी दरखास्तमा पर्न आएका अन्य ३ जनालाई जेठ २३ गते प्रहरीले पक्राउ गरेको हो।
उनीहरू उपर काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।
Shares

प्रतिक्रिया