झापास्थित रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानले प्रदान गर्दै श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट यस वर्ष प्रध्यापक डा. सुरेशराज आचार्य र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। प्रतिष्ठानले आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार पाउनेहरूको नाम घोषणा गरेको हो।
यो पुरस्कारको राशि पाँच लाख रूपैयाँ रहेको छ। आफ्नो जीवनको ५० वर्ष नेपालमा गुणस्तरीय प्राविधिक, व्यवसायिक तथा उच्च शिक्षाको उन्नयन, विकास तथा प्रयोगमा शिक्षक, प्रशासक, नीति निर्माता एवं पथप्रदर्शकका भूमिकामा समर्पित भएर पुर्याएको योगदानको कदर गर्दै शर्मालाई र देश सुहाउँदो प्रविधि विकासको अवसर सिर्जना गर्न सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित तथा परिचालित राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्तरुपमा यो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका अनुसार १ लाख १ हजार १११ राशिको रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट एग्रो मनाङ प्रालि र कृषि विज्ञ चुटराज गुरुङलाई प्रदान गर्ने निर्णय गरिएको छ।
यी पुरस्कारहरू जेठ ३० गते दिउँसो १ बजे पर्यटन बोर्ड भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरिने छ।

प्रतिक्रिया