समाज


फ्रान्सेली नागरिकको अनुभूति समेटिएको ‘त्यो नेपाल’

फ्रान्सेली नागरिकको अनुभूति समेटिएको ‘त्यो नेपाल’

नेपालखबर
जेठ २४, २०८३ आइतबार १६:२८, काठमाडौँ

‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ। 

लेखक तथा पत्रकार ददि सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

आइतबार काठमाडौँमा पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताए।

उनले केही फ्रान्सेलीहरूले काठमाडौँदेखि हिँडेर धनकुटासम्म पुगेको पाइएको पनि बताए।

लेखक सापकोटाले भने,‘नेपालको हिमाल, पहाड, तराईको म टुरिष्ट गाईड पनि हुँ म। तर मैले यो किताब लेख्दा थाहा पाएँ–फ्रान्सेलीहरूसँग जे सुनेँ नि। नेपालको बारेमा त मलाई दश प्रतिशत पनि थाहा रहेनछ भन्ने मलाई थाहा भयो। त्यति धेरै कुरा सिकेँ मैले ‘त्यो नेपालबाट’। यहाँको हावापानी, यहाँको धरातल, यहाँको म्युजिक सिष्टम। यहाँ कोही कोही मान्छेहरू, यो किताबको पात्र नै कस्तो हुनुहुन्छ भने काठमाडौँदेखि हिँडेर, हिले धनकुटा पुग्नुभएको छ। काठमाडौँबाट पोखरा, पाल्पा हुँदै हिँडेर दाङ पुग्नुभएको छ।’

पुस्तकमा नेपाल र फ्रान्सबीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ।

अन्तर्वार्तामा आधारितः विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका २९ जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा उतारिएको हो। उक्त पुस्तक फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad