लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महासचिव डा. सुरेन्द्र झाले बङ्लादेशजस्तै नेपाललाई पनि लामो समय जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको आरोप लगाएका छन्।
नेकपा (एमाले)को एघरौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै डा. झाले सचेत गराएका हुन्। जेनजी आन्दोलनका नाममा संसद् विघटन गरिएको बताउँदै उनले भने, ‘पुराना शक्तिलाई एक्ल्याउने गरी सरकार हिडिरहेको छ। मुलुकलाई बङ्लादेशको जस्तै जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको छ।’
उनले समयमै चुनाव हुनेमा शंका जनाए। सरकारका क्रियाकलापले निर्वाचनको वातावारण बन्न नसकेको उनको भनाइ थियो।
84
Shares

प्रतिक्रिया