नेकपा एमालेको भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती स्वीकार गरेकाले कानुनबमोजिम कारबाही भोग्नुपर्ने बताएका छन्।
सञ्चारकर्मी रूपा सुनारलाई भाडामा बस्ने कोठा खोज्ने क्रममा जातीय विभेद गर्ने घरबेटीलाई थुनामुक्त गराई आफ्नै सरकारी गाडीमा हालेर घर पुर्याइदिएपछि मानव अधिकार आयोगले मंगलबार स्पष्टीकरण मागेको थियो। त्यस क्रममा मन्त्री श्रेष्ठले आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन्।
यो पनि : रूपा सुनार प्रकरणमा शिक्षामन्त्री श्रेष्ठले मानव अधिकार आयोगसमक्ष मागे माफी
सोही सन्दर्भमा एमालेको माधव नेपाल पक्षनिकट भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले शिक्षामन्त्री श्रेष्ठले गल्ती स्वीकार गरिसकेपछि त्यस गल्तीबापत कानुनबमोजिम कारबाही पनि भोग्नुपर्ने माग गरेका हुन्।
‘माफी माग्नु भनेको गल्ती स्वीकार गर्नु हो,’ विश्वकर्मा भन्छन्, ‘गल्ती गरेपछि कानुनबमोजिमको सजाय भोग्न तयार हुनुपर्छ।’
यसैबीच आज बसेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि मन्त्री श्रेष्ठको राजीनामा मागिएको छ।
यी पनि :
–प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?
–विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ
–आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी
–यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)
–रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?
प्रतिक्रिया