ad ad

राजनीति


विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ

विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ

नेपालखबर
असार १४, २०७८ सोमबार २:५,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन ‘युवा संगठन नेपाल’ले सञ्चारकर्मी रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही गर्न माग गरेको छ।

इमेज टेलिभिजनमा ‘उकाली ओराली’ कार्यक्रम सञ्चालन गर्ने सुनारलाई यही असार १ गते काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले भाडामा कोठा दिने पक्कापक्की गरिसकेर अन्त्यमा सुनारको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।

यसविरुद्ध सुनारले महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएपछि घरबेटी प्रधानलाई प्रहरीले पक्राउ पनि गरेको थियो। तर स्वयं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी वृत्त पुगेर उनलाई थुनामुक्त गराई सरकारकै झन्डावाल गाडीमा चढाई घर पुर्‍याइदिएका थिए। यसरी उनले घटना अनुसन्धान भइरहेकै बेला अभियुक्त रिहा गरेर जातीवादको पक्षपोषण गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। राजीनामा पुर्‍याइ ठाउँठाउँमा उनको पुत्लासमेत जलाइएको छ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले विज्ञप्ति जारी गरी सुनारलाई जातीय विभेद गर्ने घरबेटीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो।

संगठनका उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रबिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७८ असार १ गते काठमाडौंमा कोठा खोज्न गएकी युवती रूपा सुनारमाथि भएको जातीय विभेद भएको घटनाको घोर तर्त्सना गर्दै अमानवीय व्यवहार गर्ने घरबेटी सरस्वती प्रधानलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित न्यायिक निकायसँग जोडदार माग गर्दछौं।’

यी पनि :

आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .