सञ्चारकर्मी रूपा सुनारलाई जातीय भेदभाव गरेको आरोप लागेकी आरोपितको पक्ष लिँदै हिरासतमुक्त गराई सरकारकै झन्डावाल गाडीमा घर पुर्याइदिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिकाबारे नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टीकरण मागेको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी शिक्षामन्त्री व्यक्तिगत रूपमा छुवाछूतका पक्षमा लागेका हुन् कि राज्यकै तर्फबाट भन्ने विषयमा जवाफ दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।
‘द्वन्द्व निरुपण होइन, भड्कावलाई बल पुर्याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता हो कि राज्यकै प्रतिनिधित्व,’ विज्ञप्तिमा कांग्रेसले प्रश्न गरेको छ, ‘मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम?’
जातीय विभेदका विषयमा राज्य कहाँ उभिने भनेर कांग्रेसले प्रधानमन्त्री ओलीसँग ४ प्रश्नको जवाफ मागेको छ।
हेर्नुहोस्, विज्ञप्तिः
यो पनि :
यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)
Shares
प्रतिक्रिया