फिफा विश्वकप-२०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धविरुद्धको क्वाटरफाइनल खेलमा अर्जेन्टिनी खेलाडीहरूले हातमा कालो पट्टी लगाएर खेलिरहेका छन्।
पूर्वकप्तान एन्टोनियो राटिनप्रति श्रद्धाञ्जली अर्पण गर्न अर्जेन्टिनाका खेलाडीले हातमा कालो पट्टी लगाएर खेलिरहेका हुन्।
८९ वर्षको उमेरमा मिडफिल्डर राटिनको शनिबार निधन भएको थियो।
राटिनले सन् १९६६ को फिफा विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरेका थिए। सन् १९५९ देखि १९६८ को बीचमा ३४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
जारी खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएर खेलिरहेको छ।
11.6k
Shares

प्रतिक्रिया