राजनीति


काठमाडौँ महानगरले गणेश नेपालीकी श्रीमतीलाई जागिर दिने, छोरीलाई उच्च शिक्षासम्म पढाइदिने

काठमाडौँ महानगरले गणेश नेपालीकी श्रीमतीलाई जागिर दिने, छोरीलाई उच्च शिक्षासम्म पढाइदिने

नेपालखबर
असार २८, २०८३ आइतबार १९:१६, काठमाडौँ

आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीलाई काठमाडौँ महानगरपालिकाले रोजगारी दिने भएको छ। आज (आइतबार) सरकार र पीडित पक्षबीच भएको सहमतिअनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई महानगरपालिकाले योग्यता तथा क्षमताका आधारमा रोजगारी दिने भएको हो। 

त्यसै गरी उनकी छोरीको उच्च शिक्षासम्मको अध्ययनको जिम्मा काठमाडौँ महानगरले लिने भएको छ। यसको निर्णय महानगरपालिकाको आगामी कार्यपालिका बैठकले गर्नेछ। 

सरकार र पीडित पक्षबीच आज (आइतबार) ९ बुँदे सहमति भएको छ। सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति पनि गठन गरिनेछ। 

यस्तै मृतकको आश्रित परिवारलाई राहतस्वरुप यथोचित् रकम उपलब्ध गराइने, मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था र काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइनेलगायतका सहमति भएको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मोटरसाइकल पार्किङका विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मुगुका २५ वर्षीय नेपालीको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad