राजनीति


ऊर्जा वार्ताका लागि भारतीय अतिरिक्त विदेश सचिव नेपाल आउँदै

ऊर्जा वार्ताका लागि भारतीय अतिरिक्त विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर


नेपालखबर
असार २८, २०८३ आइतबार १९:३६, काठमाडौँ

नेपाल–भारतका ऊर्जा मुद्दाबारे वार्ता गर्न भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर नेपाल आउने भएका छन्।

दुई देशीय संयन्त्रको बैठकमा सहभागी हुन उनी भोलि सोमबार काठमाडौं आइपुग्नेछन्। 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार असार ३० र ३१ गते हुने संयन्त्रको बैठक पोखरामा गर्ने तयारी छ। नियमित तालिकाअनुसार यो पटक ऊर्जा सचिव स्तरीय संयन्त्रको बैठक आयोजना गर्न लागेको हो।

महावर भारतीय विदेश मन्त्रालयमा नेपाल, भुटान हेर्ने 'नर्थ डिभिजन' प्रमुख हुन्। 

संयन्त्रको बैठक ६—६ महिनामा हुनुपर्ने भए पनि सन् २०२५ फेब्रुअरीमा नयाँ दिल्लीमा भएदेखि बैठक हुन सकिरहेको थिएन। हाल नेपालबाट ४० मेगावाट बिजुली भारत हुँदै बंगलादेश निर्यात भइरहेको छ। नेपाल थप विद्युत् निर्यात गर्ने पक्षमा छ। यसका लागि भारतको अनुमति जरुरी पर्छ।

यसैगरी २२० केभी क्षमताको अन्तरदेशीय चमेलिया–जौलजिबी डबल सर्किट प्रसारण लाइन निर्माणमा ढिलाइ भइरहेछ। दुवै देशले आ–आफ्नो तर्फ प्रसारण लाइन निर्माण गर्नुपर्ने भए पनि काम अघि बढेको छैन।

उर्जा क्षेत्रमा दुई देशबीच सल्टाउनु पर्ने अरु मुद्दाहरु पनि छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा भइरहँदा अतिरिक्त सचिव मन्नु नेपाल आउन लागेका हुन्। उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गर्ने तालिका छ।

गत जुनमा परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणको क्रममा पनि उर्जा व्यापारका विषयमा छलफल भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad