विभिन्न राजनीतिक पार्टीमा आवद्ध सुकुम्बासीसँग सम्बन्धित संघ, संगठनहरूले सुकुम्बासीलाई तत्काल लाजपुर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध अखिल नेपाल सुकुम्बासी संघलगायतका संघ, संगठनहरूले सरकारलाई यस्तो चेतावनी दिएका हुन्।
अखिल नेपाल सुकुम्बासी संघका इन्जार्ज नहेन्द्र खड्काले सरकारले सुकुम्बासीलाई ढाँट्ने, छल्ने काम गरिरहेको जिकिर गर्दै त्यसका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।
उनले सुकुमवासीहरूका लागि तत्काल लालपूर्जा दिने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा आफूहरू जाने चेतावनी दिए।
21
Shares

प्रतिक्रिया