ad ad

कारोबार


जुलाई महिनाको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

जुलाई महिनाको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

नेपालखबर
असार १६, २०७८ बुधबार १०:४६,

नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिना भरिको लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ। निगमले ११ वटा गन्तव्यको लागि उडान तालिका सर्वाजनिक गरेको हो।

प्राधिकरणले बार अनुसार उडान गर्ने भएको छ। आइतबार नेपाल एयरलाइन्सले दोहा उडान गर्ने छ। सोमबार कतार एयरलाइन्सले दोहा, हिमालय एयरलायन्सले दमाम, जजिरा एयरवेजले कुवेत उडान गर्ने छ।

त्यस्तै मंगलबार नेपाल एयरलाइन्सले दुवई, एयर अरवियाले काठमाडौं–सारजहा, मालिन्डो एयरले मलेसिया–काठमाडौं उडान गर्ने छ।

बुधबार नेपाल एयरलाइन्सले दिल्ली र दोहा उडान गर्दैछ भने हिमालय एयरलाइन्सले दुवै उडान गर्नेछ।

विहीबार टर्किस एयरलायन्ले इस्तानबुल–काठमाडौं उडान गर्ने छ भने शुक्रबार एयर इन्डियाले दिल्ली–काठमाडौं, फ्लाई दुवईले दुवई–काठमाडौं, हिमालय एयरलाइन्सले दमाम र नेपाल एयरलाइन्सले जापानको नारितामा उडान गर्ने छ।

सनिबार दोहा–काठमाडौं कतार एयरवेज, इस्तानबुल–काठमाडौं टर्किस एयरलाइन्स, ओमान–काठमाडौं सलाम एयर र नेपाल एयरलायन्सले मलेसिया उडान गर्ने छ।

 यस्ताे छ तालिका : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .