ad ad

समाज


आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी

आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी

नेपालखबर
असार १२, २०७८ शनिबार ६:११,

काठमाडौंको बबरमहलमा भाडामा बस्ने कोठा खोज्ने क्रममा जातीय विभेद गरिएपछि न्याय माग्दा आफूविरुद्ध अफवाह फैलाउने सञ्चारमाध्यम अनलाइनविरुद्ध रूपा सुनारले प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्।

आफूलाई भएको जातीय दुर्व्यवहारको विरोध गर्दा ‘युरोपियन युनियन (ईयू) बाट उचालिएको’ जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै सुनारले ९ वटा अनलाइनविरुद्ध उजुरी हालेकी हुन्।

सुनारले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएकी हुन्।

यी अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए।

आफ्नो चरित्र हत्याका साथै समग्र दलित समुदायविरुद्ध नै सामाजिक हिंसा भएको उल्लेख गर्दै सञ्चारकर्मी सुनारले ती अनलाइनविरुद्ध प्रेस काउन्सिलका तर्फबाट कारबाहीका साथै साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन पनि अनुरोध गरेकी छन्।

‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ,’ सुनारको उजुरीमा लेखिएको छ, ‘मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’

Rupa ujuri

यी पनि :

यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)

रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .