आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरिएको छ।
आज (आइतबार) गृहमन्त्री सुधन गुरुङले गणेशकी श्रीमती एकमाया नेपालीलाई नागरिकता हस्तान्तरण गरेका हुन्।
मन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय काठमाडौँमै पुगेर नागरिकता हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मोटरसाइकल पार्किङका विषयमा महानगर प्रहरीसँग विवादपछि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मुगुका २५ वर्षीय नेपालीको मृत्यु भएको थियो।
आइतबारमात्रै सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
1.4k
Shares

प्रतिक्रिया