अझैपनि यी दुई पक्षबीच हिंसा रोकिने कुनै संकेत देखिएको छैन।
इजरायलले प्यालेस्टाइनको गाजामा हमास विद्रोहीलाई लक्षिण गर्दै रकेट प्रहार गर्दै आएको छ भने हमासले पनि इजरायलतर्फ सयौं रकेट बमहरु प्रहार गरिरहेको छ।
यो आठ दिनको अवधिमा गाजा क्षेत्रमा ६१ बालबालिकासहित २१२ को मृत्यु भएको छ। इजरायतर्फ भने २ बालबालिकासहित १० को मृत्यु भएको बताइएको छ।
आफ्नो नागरिकको सुरक्षा ग्यारेन्टी नभएसम्म हमासविरुद्ध आक्रमण जारी राख्ने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्।
गाजामा मारिएको अधिकाँश हमासका लडाकु भएको र नागरिक मारिएको भए त्यो अन्जानमा गल्ती भएको नेतन्याहुको भनाइ छ।
अमेरिका इजरायललाई हतियार बेच्न राजी
हाल इजरायल र हामासबीच द्वन्द्व चर्किएका बेला अमेरिकाले हालै इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (८५ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ) को हतियार बेच्न राजी भएको वासिङ्टन पोस्टले जनाएको छ।
गत मे ५ मा अमेरिका र इजरायलबीच हतियार सम्झौता भएको बताइएको छ। सो समयमा हमासले इजारयलमा आक्रमण गरिसकेको थिएन।
यद्यपी इजरायलस्थित जेरुसलामको अल–अक्सा मस्जिद, त्यस वरपरको क्षेत्रमा मुसलमान तथा प्यालेस्टिनी नागरिकमाथि प्रहरीको ज्यादतीको खबरहरु भने आइसकेका थिए।
मुसलमानहरुलाई इजरायलका विभिन्न स्थानबाट विस्थापित बनाउन खोजिएको र अल–अक्सा मस्जिद वरपर इजरायली सेना तथा प्रहरी तैनाथ भएपछि हमासले पवित्रस्थलमा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो।
तर प्रहरी र सेना सो क्षेत्रबाट नहटेपछि हमासले इजरायलमा रकेट प्रहार गरेको थियो। त्यसयता द्वन्द्व निकै चर्किएको हो।
यसैबीच सोमाबर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीचको जारी द्वन्द्व अन्त्य हुनुपर्ने बताएका छन्। अमेरिकाले हमासलाई आतंकवादी संगठन मान्दछ।
बाइडेनले इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग टेलिफोनमा सकेसम्म युद्ध रोक्न आह्वान गरेको ह्वाइट हाउसले जनाएको छ। बीबीसी र रोयटर्सको सहयोगमा
याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)
- इजरेल–प्यालेस्टाइन विवादः ती समाधान नभएका मुद्दा जसले हिंसा भड्कायो
- सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो

प्रतिक्रिया