ad ad

राजनीति


प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ८:३३,

हमासले इजरेलको तेल अभिभ लगायतका क्षेत्रमा सयौं क्षेप्यास्त्र हानेको छ भने इजरेलले हमासको अखडा मानिएको गाजा क्षेत्रमा क्षेप्यास्त्र हानेको छ।

सोमबार रातिदेखि सुरुवात भएको यस द्वन्द्वमा परेर हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ।

बीबीसीका अनुसार प्यालेस्टाइन पट्टी १४ बालबालिकासहित ६७ जना र इजरेलको ७ जनाको मृत्यु भएको हो।

इजरेलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन्। उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ।

इजरेली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३७४ मानिसलाई गिरफ्तार गरिएको छ। ३६ प्रहरी घाइते भएको बताइएको 

कसरी सुरुवात भयो विवाद?

जेरुसलेमका प्यालेस्टाइनी तथा मुस्लिम नागरिकलाई त्यहाँका यहुदी समुदायले लखेट्न खोजेको भन्दै सुरुवातमा त्यहाँ विवाद भएको हो।

Not an inch': Palestinians at Al-Aqsa vow to fight Trump's plan | Al-Aqsa  Mosque News | Al Jazeeraअल–अक्सा मस्जिद

जेरुसलेमको अल–अक्सा मस्जिद मुसलमानको पवित्र धार्मिकस्थल मानिन्छ। प्यालेस्टाइनका नागरिकलाई मस्जिदमा प्रवेश गर्न नदिएपछि हिंसा सुरुवात भएको बताइएको छ।

त्यहाँ सुरुवात भएको संघर्षमा इजरेली प्रहरीले अधिकाँश प्यालेस्टाइनी नागरिक घाइते बनाएपछि प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरेलतर्फ हालै क्षेप्यास्त्र हानेको थियो।

त्यसको प्रतिकार गर्दै इजरेलले प्यालेस्टाइनको गाजा क्षेत्रमा आक्रमण गर्दा १३ तले भवन समेत भत्किएको छ।

इजरेलकाे आक्रमणपछि १३ तले भवन यसरी भत्कियाे (भिडिओ)

इजरेलको हवाई हमलामा आफ्ना वरिष्ठ कमाण्डर मारिएको भन्दै हमासले तेल अभिभतर्फ एकैपटक सयभन्दा बढी रकेट बम प्रहार गरेका थिए। तर हमासले हानेको सबै क्षेप्यास्त्र इजरेलको भूमिमा खसेन।

यदी ती सबै क्षेप्यास्त्र इजरेलमा खसेको भए त्यहाँका शहरहरु केही सेकेन्डमै ध्वस्त हुने त्यहाँका स्थानीय बताउँछन्।

इजरेली सेनाले हमासले हानेको क्षेप्यास्त्रलाई रोक्न एन्टी–मिसाइल प्रहार गरेका थिए। जसकाकारण त्यो मिसाइल तल भुइँमा खस्न पाएन आकाशमै असफल बनाइए।

सो क्रममा इजरेलतर्फ ७ जनाको मृत्यु भएको छ। प्यालेस्टाइनतर्फ भने ६७ जनाको ज्यान गएको छ।

मस्जिद विवाद

सन् १९६७ को युद्धमा इजरेलले पूर्वी जेरुसलेम आफ्नो नियन्त्रणमा लिएको छ। अहिले इजरेलले जेरुसलेमलाई आफ्नो राजधानी मान्छ।

तर प्यालेस्टानसहित अन्तर्राष्ट्रिय समुदायले इजरेलको समर्थन गर्दैनन्। प्यालेस्टाइन पूर्वी जेरुसलेमलाई एउटा स्वतन्त्र मुलुकको राजधानीको रुपमा हेर्छ।

पछिल्लो समय इजरेलका यहुदी समुदायले त्यहाँका मुस्लिम प्यालेस्टाइनी नागरिकलाई हटाउन खोजेपछि विवाद भएको छ।

सन् २०१६ को अक्टोबरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत साँस्कृतिक शाखा युनेस्कोको कार्यकारी बोर्डले एउटा प्रस्ताव पारित गर्दै जेरुसलेमको अल–अक्सा मस्जिदमा यहुदीको दाबी नभएको उल्लेख गरेको थियो।

इजरेलले यसरी रोक्यो हमासको रकेट हमला (भिडिओ)

 

युनेस्कोको कार्यकारी समितिले पनि यो प्रस्तावलाई पास गरेको थियो। सो प्रस्तावमा अल–अक्सा मस्जिदमा मुसलमानको अधिकार भएको र यहुदीसँग त्यसको कुनै सम्बन्ध नभएको जनाइएको थियो।

सो मस्जिद छेउमै यहुदीको टेम्पल माउन्ट मन्दिर छ। यहुदीले सो मन्दिरलाई महत्वपूर्ण धार्मिकस्थल मान्छन्। मस्जिद वरपरका क्षेत्रमा दुवै पक्षको दाबी हुँदा विवाद समाधान भएको छैन।

हालै मस्जिदको स्पिकर ठूलो भएको भन्दै त्यहाँ हिंसा मच्चिएको थियो। यदिबेला भने प्यालेस्टाइनका नागरिकलाई त्यहाँ प्रवेश निषेध नै गरिएको बताइएको छ।

Gaza terrorists fire barrages at Jerusalem, southern Israel, raising fear  of war | The Times of Israel

Jerusalem tensions: Tel Aviv hit with rocket fire from Gaza — live updates  | News | DW | 11.05.2021

Videos: Israeli Iron Dome Strikes Down Barrage of Rockets in Sky Over Tel  Aviv - Sputnik International

Israel-Gaza violence: Fresh rocket attacks on Israeli cities — live updates  | News | DW | 12.05.2021

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .