ad ad

राजनीति


सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो!

सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो!

नेपालखबर
जेठ १, २०७८ शनिबार ७:३६,

तर अधिकाँश रकेटलाई इजरेलले रोक्न सफल भएको छ, जसका कारण इजरेलमा ठूलो नोक्सानी हुन पाएन। स्थानीयका अनुसार हमासले हानेको रकेटले आकाश ढाकेको थियो।

यदी ती सबै रकेट जमिनमा बज्रेको भए इजरेल ध्वस्त हुने थियो। तर इजरेलका सेनाको सुरक्षा कवच मानिएको ‘आइरन डोम’का कारण हमासले हानेका अधिकाँश रकेट आकाशमै असफल पारिए।

आइरन डोन एन्टी मिसाइल डिफेन्स सिस्टमका कारण इजरेल विश्वंशबाट जोगिएको हो। इजरेली अधिकारीहरुका अनुसार आइरन डोम ९० प्रतिशतसम्म रकेट तथा क्षेप्यास्त्रलाई रोक्न सफल हुन्छ।

What is Israel's Iron Dome air-defence system? Here is an explainerआइरन डोम

आइरन डोमले कसरी काम गर्छ?

आइरन डोम क्षेप्यास्त्र प्रहारलाई रोक्ने प्रणाली हो। इजरेलले लाखौं डलर खर्च गरेर यो प्रणालीको विकास गरेको हो।

यो प्रणालीले क्षेप्यास्त्र तथा रकेट कुन क्षेत्रमा झर्दैछ भनेर आफैं पत्ता लगाउँछ र त्यसलाई आकाशमै गएर पड्काउँछ।

सन् २००६ मा इस्लामिक समूह जिबुल्लाहसँग लडाइ गर्न इजरेलले यो प्रणालीको विकास गरेको थियो। हिजबुल्लाहले सयौं रकेट प्रहार गर्दा इजरेलमा दर्जनौं मानिसले ज्यान जोगाएका थिए।

आइरन डोमले हमासको हमला यसरी निस्तेज पार्‍यो (भिडिओ)

यो घटनापछि इजरेलको सरकारी कम्पनी रफाल डिफेन्सले क्षेप्यास्त्र र रकेटबाट जोगिन ‘आइरन डोम’ प्रणालीको विकास गरेको हो।

यो प्रणाली विकास गर्नको लागि अमेरिकाले इजरेललाई २० करोड अमेरिकी डलर सहयोग गरेको थियो। कयौं वर्षको अनुसन्धानपछि सन् २०११ मा यो प्रणालीको परीक्षण भएको थियो।

परीक्षणको क्रममा दक्षिणी शहर बिरसेबाबाट प्रहार गरिएका रकेटहरुलाई यो प्रणालीले असफल बनाउन सफल भएको थियो। बीबीसी

याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .