ad ad

राजनीति


रुसले भन्योः नाभाल्नीमाथि विष आक्रमणको आरोप सरकारलाई लगाउनु हास्यास्पद

रुसले भन्योः नाभाल्नीमाथि विष आक्रमणको आरोप सरकारलाई लगाउनु हास्यास्पद

नेपालखबर
भदौ २२, २०७७ सोमबार १३:३१,

रुसले विपक्षी नेता अलेक्सेइ नाभाल्नीमाथिको सरकारले नै रासायनिक आक्रमण गराएको आरोपको खण्डन गरेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले त्यस्तो आरोप हास्यास्पद र अस्वीकार्य भएको बताए।

‘जसरी हुन्छ रुसलाई सो घटनामा जोड्न प्रयास अस्वीकार्य छ, त्यस्तो आरोप हास्यास्पद छ,’ पेस्कोवले सोमबार भने।

४४ वर्षीय नाभाल्नी गत महिना साइबेरियाबाट मस्कोतर्फ आउँदै गर्दा विमानमा बिरामी परेका थिए। आपतकालीन अवतरणपछि उनलाई साइबेरियाकै एक अस्पतालमा उपचार गरिएको थियो।
उनका निकटस्थले नाभाल्नीमाथि रासायनिक आक्रमण भएको दाबी गरेपछि नाभाल्नीलाई जर्मनी पु¥याइयो। जहाँ उनको उपचार भइरहेको छ।

त्यसपछि जर्मनीले उनीमाथि नोभिचोक रासायनिक हतियारबाट आक्रमण भएको दाबी गरेको छ।

रुस सरकारले भने यसमा आफ्नो संलग्नता नभएको बताउँदै सूचना उपलब्ध गराउन जर्मन सरकारलाई आग्रह गरेको छ।

‘आगामी दिनमा जर्मनीले यसबारे थप सूचना उपलब्ध गराउने हाम्रो अपेक्षा छ,’ पेस्कोवले भने, ‘हामी पर्खिरहेका छौँ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .