ad ad

राजनीति


टीका ढकाल राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ नियुक्त

टीका ढकाल राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ नियुक्त

नेपालखबर
भदौ २२, २०७७ सोमबार १३:४६,

राष्ट्रपति विद्यादेवी भण्डारीले लेखक तथा नागरिक अभियन्ता टीका ढकाललाई सूचना तथा सञ्चार विज्ञ पदमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भदौ महिनादेखि लागू हुने गरी ढकाललाई राज्यमन्त्री सरहको सेवा सुविधा हुने गरी सूचना तथा सञ्चार विज्ञ पदमा नियुक्त गरिएको हो।

पाँचथरका ढकाल यसअघि राष्ट्रपतिको विज्ञ राजनीतिक सल्लाहकार रहेका सुशील प्याकुरेल, पत्रकार कनकमणि दिक्षीतसँग नागरिक अभियानमा सक्रि भएका थिए। हाल भक्तपुरमा बसोबास गर्ने ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन्। यसअघि विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेको उनको अनुभव छ।

पत्रपत्रिका र अनलाइनमा ढकालको राजनीतिक विश्लेषण खँदिलो मानिन्थ्यो। उनी राजनीति, भूरणनीति र सामाजिक–सांस्कृतिक क्षेत्रमा उत्तिकै दखल राख्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .