राजनीति


सरकारले संसद्को हुर्मत लिइरहेको छ: सांसद शर्मा

सरकारले संसद्को हुर्मत लिइरहेको छ: सांसद शर्मा

नेपालखबर
असार ३, २०८३ बुधबार १२:१३, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सरकार संसद्को हुर्मत लिइरहेको आरोप लगाए।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले सरकार संसद्प्रति उत्तरदायी नभएको गुनासो गरे। ‘सरकारले संसद्को हुर्मत लिने काम गरिनै राखेको छ,’ शर्माले भने।

प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न पनि उनले सभामुख डोलप्रसाद अर्यालसँग माग गरे। ‘हामी सबै प्रतिपक्ष दलहरूको एउटै अभिव्यक्ति छ– उक्त गलत अभिव्यक्ति संसदमा नै आएर सच्याईयोस। उहाँले भनेको कुरा सही छ भने हाम्रो सामू यो यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस,’ शर्माले भने, ‘सीमानाको बारेमा उहाँले दिएको लगत अभिव्यक्ति सच्याइयोस्। त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस भन्न चाहन्छु।’

प्रधानमन्त्री शाहले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेकोमा उनले आक्रोश व्यक्त गरे। प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति आफैले संसदमा आएर नसच्याएसम्म विरोध कायमै रहने उनको भनाइ थियो। 

‘हामीले प्रधानमन्त्रीको लगत अभिव्यक्ति सच्याउन भन्यौँ। तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ। तपाईं संसदको रोस्टममा आएर यो भनाई सच्याउनहोस् न रुलिङ गर्नुहुन्छ न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad