ad ad

कारोबार


राजश्व संकलन हुने सबै बैंक शाखा खोल्न राष्ट्र बैंकको सर्कुलर

राजश्व संकलन हुने सबै बैंक शाखा खोल्न राष्ट्र बैंकको सर्कुलर

नेपालखबर
भदौ २२, २०७७ सोमबार १३:१०,

राजश्व संकलन हुने सबै बैंक शाखा खुल्ला गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

निषेधाज्ञाको कारणले सबै शाखाहरु सञ्चालन नगरेका बैंकलाई आज एक सर्कुलर जारी गर्दै राजश्व संकलन हुने शाखा भने अनिवार्य खुल्ला गर्न भनेको हो।

राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न भनेको छ।

परिपत्रमा भनिएको छ, ‘भदौ २३, २४ र २५ गते राजस्व बुझ्ने प्रयोजनका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पुर्ण काउन्टर खुला गर्नुपर्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .