राजनीति


होल्डिङ सेन्टरका सुकुमवासीलाई सरकारले खाना–पानी नै दिएन : हर्क साम्पाङ

होल्डिङ सेन्टरका सुकुमवासीलाई सरकारले खाना–पानी नै दिएन : हर्क साम्पाङ

फाइल फोटो


नेपालखबर
असार ३, २०८३ बुधबार ११:५७, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई सरकारले खानापानी नै नदिएको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको अहिले जारी बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले सुकुमवासीहरूलाई राखिएको कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका हुन्।

उनले सरकारले सुकुमवासीलाई भोकै राखेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। 

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे गएको जेठ १७ गते प्रतिनिधिसभा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन पनि माग गरे। 

सभाको सुरुमा विपक्षी सांसदले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै उठेर विरोध जनाएका थिए। 

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भन्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका हुन्। 

सभामुख अर्यालले रुलिङ गर्नुपर्नेमा त्यसो नगरेको विपक्षी दलको आरोप छ। 

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सभामुखको रुलिङको माग गरे।

नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले पनि सभामुखले रास्वपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad