राजनीति


प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्छ: सांसद राना

प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्छ: सांसद राना

नेपालखबर
असार ३, २०८३ बुधबार १२:३९, काठमाडौँ

नेकपा (एमाले) का सांसद कृपाराम रानाले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाबारे संसदमा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताएका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रानाले प्रधानमन्त्री शाहको नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्तिले आफूलाई लज्जाबोध भइरहेको बताए। उनले प्रधानमन्त्रीको शाहको भनाइलाई राष्ट्रघातीको संज्ञा दिए। 

‘यो भूमि नेपाली पुर्खाहरूले आर्जन गरेको भूमि हो। यसलाई सानोतिनो हिसाबले नसम्झियोस। राष्ट्रियताप्रति हामी सबैको प्रेम छ, निष्ठा छ, समर्पण छ। यो भावना नै राष्ट्रिय भावना हो,’ रानाले भने, ‘आज यो भावनाको खिलापमा प्रधानमन्त्रीले भद्दा मजाकका साथ नेपालको भारतको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुहुन्छ। लाज लागि रहेको छ।’

प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म विरोध जारी रहने उनको भनाइ थियो। उनले यसका लागि प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने जिकिर गरे।  

‘मैले आग्रह गर्न चाहे- यो देशलाई हाम्रो राष्ट्रियतालाई कमजोर गर्ने राष्ट्रघाती अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीबाट अभिव्यक्त भएको छ। यो रेकर्डबाट हटाउन माग गर्दछु,’ रानाले भने, ‘जनतासँग माफी माग्न हार्दिक आग्रह गर्न चाहेँ।’

सांसद रानाले अमरसिंह थापा, बलभद्र कुँवर जस्ता वीर पुर्खाले आर्जेको मुलुकमाथि धावा बोल्दै अधिकार कसैलाई पनि नभएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad