प्रतिनिधिसभाको बैठकमा आज आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जबाफ दिने कार्यसूची छ।
बुधबार बिहान ११ बजेदेखि जारी बैठकमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध आफ्ना धारणा राखेका छन्।
आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ।
यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पनि विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन्।
हेर्नुहोस् आजको कार्यसूची


प्रतिक्रिया