राजनीति


कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

नेपालखबर
चैत ११, २०८२ बुधबार १७:३०, काठमाडौँ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।

बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका थिए।

असोज १६ देखि १८गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समिति पारित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए।

आगामी साउन ६ गते वडा, साउन १२ गते गाउँ-नगर, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय, भदौ ६-७ गते जिल्ला र भदौ १५-१६ गते प्रदेश अधिवेशनको मिति प्रस्ताव गरिएको थियो। साउनमा मौसमी प्रतिकुलता हुने भन्दै तल्लो तहको अधिवेशन भदौमा सारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad