राजनीति


उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो, कुन विश्वविद्यालयको कहिले?

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो, कुन विश्वविद्यालयको कहिले?

नेपालखबर
असार २, २०८३ मंगलबार २१:५७, काठमाडौँ

शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय तोकेको हो। 

त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरूलाई असार १३ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा बोलाइएको छ। 

पूर्वाञ्चल, मध्यपश्चिम र कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपतिका उम्मेदवारलाई १४ गते, पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूलाई १५ गते बोलाइएको छ। 

उपकुलपतिका उम्मेदवारहरू लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ र अन्य विश्वविद्यालयहरूमा १०-१० जनाका दरले छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad