राजनीति


सेलेब्रिटी उम्मेदवारबारे रविको सफाइ : राजनीतिकर्मीले काम नगरेकाले कलाकार, खेलाडी आएका हुन्

सेलेब्रिटी उम्मेदवारबारे रविको सफाइ : राजनीतिकर्मीले काम नगरेकाले कलाकार, खेलाडी आएका हुन्

नेपालखबर
पुस १५, २०८२ मंगलबार २०:०, काठमाडौँ

राजनीतिकर्मीले काम नगरेकाले कलाकार, पत्रकार, खेलाडी राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिकिर गरेका छन्। 

आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका छन्। त्यसमध्ये रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा आलोचना सुरु भएको छ। 

रास्वपाले कलाकार, पत्रकार, खेलाडी र व्यावसायीलाई समानुपातिक उम्मेदवारमा राखेको छ। त्यसको आलोचना हुन थालेपछि सभापति लामिछानेले सफाई दिएका हुन्। 

मंगलबार ‘झरीपछिको इन्द्रेणी’ फिल्मको हेर्न गएका लामिछानेले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा राजनीतिकर्मीले काम नगरेको जिकिर गरेका हुन्। ‘जब जब राजनीतिले देशमा निकास दिनसक्दैन, जब राजनीति गर्छु भनेर वर्षौं बिताएका मानिसहरूले गरेको राजनीतिले देशमा निरासा फैलाउँछ, निकास दिन सक्दैन। त्यतिखेर कलाकार, पत्रकार, खेलाडी सबै जना राजनीतिमा आउँछन्। अहिले नेपाल त्यही चरणमा आएको छ। त्यही मोडमा आएको भएकाले सबै राजनीतिमा आएका हुन्,’ लामिछानेले भने। 

कलाकार राजनीति गर्ने रुची भएर नआएको उनको भनाइ थियो। ‘जसले राजनीति गर्छ भनेर विश्वास गरेका थियौं, सम्पूर्ण भविष्य सुम्पिएका थियौँ, उनीहरूले त्यसमाथि खेलवाड गरे। त्यो खेलवाड सहन नसकेर कलाकारहरू आएका हुन्,’ लामिछानेले थपे, ‘कलाकारहरूलाई राजनीतिमा इन्ट्रेस्ट लागेको होइन, तर आफ्नो मुलुकप्रतिको उत्तरदायित्व पूरा गर्नका लागि कलाकार, खेलाडी, पत्रकार आवश्यक पर्दा सबै आउनुपर्छ। नेपाल त्यो चरणमा प्रवेश गरेको हो।’

यो पनि पढ्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad