राजनीति


रास्वपा नेतृत्वलाई महेन्द्र लावतीको फोन- समानुपातिकबाट मेरो नाम हटाइदिनू

रास्वपा नेतृत्वलाई महेन्द्र लावतीको फोन- समानुपातिकबाट मेरो नाम हटाइदिनू

नेपालखबर
पुस १५, २०८२ मंगलबार १४:३८, काठमाडौँ

प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा राखेपछि प्राध्यापक डा. महेन्द्र लावतीले असहमति जनाएका छन्। 

रास्वपाले सोमबार ११० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आगोगमा बुझाएको छ। त्यसमा डा. लावतीको नाम १२औँ नम्बरमा छ। उनलाई आदिवासी जनजातितर्फ समानुपातिक सूचीमा राखिएको हो। 

आफूसँग सरसल्लाह नगरी समानुपातिकमा नाम राखिएको भन्दै डा. लावतीले असहमति जनाएका हुन्। नेपालखबरसँग कुराकानी गर्दै डा. लावतीले आफ्नो सहमतिविना समानुपातिकमा राखिएको बताए। ‘मेरो सहमति बेगर १२ नम्बरमा राखिदिएको रहेछ,’ उनले भने। 

यस विषयमा रास्वपा नेतृत्वलाई फोन गरेर असहमति जनाइसकेको उनले बताए। ‘अहिले म गाउँमा छु,’ रास्वपा नेताहरूलाई फोन गरिसकेको बताउँदै डा. लावतीले भने, ‘मैले मेरो नाम हटाइदिनू भनेको छु।’

उनी उज्यालो नेपाल पार्टीमा आवद्ध थिए। तर, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सोमबार रास्वपासँग एकता गरेका थिए। एकताका लागि भएको सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। सहमतिमा हस्ताक्षर गर्दा घिसिङ पनि उपस्थित थिए। 

सहमतिपछि उज्यालो नेपाल पार्टीलाई समानुपातिकमा १८ सिट दिइएको छ। त्यसमा उज्यालो नेपालका अध्यक्ष उपाध्यक्षसँगै डा. लावतीको नाम पनि राखिएको छ। 

यो पनि पढ्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad