राजनीति


रविको चुनाव क्षेत्र रहेको चितवनबाट समानुपातिक सूचीमा २१ जना, खस आर्यमा ५० प्रतिशत चितवनकै

रविको चुनाव क्षेत्र रहेको चितवनबाट समानुपातिक सूचीमा २१ जना, खस आर्यमा ५० प्रतिशत चितवनकै

नेपालखबर
पुस १५, २०८२ मंगलबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राति ढिलो गरी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। बालेन साह र कुलमान घिसिङसँग एकीकरण गरेपछि सूची बुझाउन ढिला भएको थियो। 

तीन समूहमा भागबण्डा गरेर रास्वपाले ११० जनाको सूची बुझाएको हो। तर रास्वपाको सूचीमा एउटै जिल्लाबाट २१ जनाको नाम समावेश गरिएको छ। रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र समेत रहेको चितवनबाट २१ जनाको नाम बन्दसूचीमा समावेश गरिएको हो। 
आदिवासी जनजातिमा ५ जना र खस आर्यमा १६ जनाको नाम समावेश गरिएको छ। आदिवासी जनजाति समूहमा रास्वपाले ३२ जनाको नाम समावेश गरेको छ। डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा र सुदेश गुरुङ पनि छन्। उनीहरू सबै चितवनका हुन्। 
यस्तै खस आर्य समूहमा ३२ जनाको नाम समावेश छ। तीमध्ये चितवनबाट १६ जनाको नाम समावेश छ। यो भनेको खस आर्य समूहको ५० प्रतिशत हो। १६ जनामध्ये ८ जना पुरुष र ८ जना महिला छन्। 

चितवनबाट खस आर्यमा सचिन ढकाल, सुदिप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही र टीकाराम दाहाल छन्। 

उपाध्याय कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्ष पनि हुन्। उनको नाम कुलमानको कोटाबाट समावेश गरिएको हो। 

यस्तै खस आर्य महिलामा विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल छन्।

रास्वपा अध्यक्ष लामिछाने गत निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए। त्यस्तै, केन्द्रीय सदस्य हरि ढकाल चिवतन–१ बाट निर्वाचित भएका थिए। 

यो पनि पढ्नुहोस् : यी हुन् रास्वपाले समानुपातिकको बन्दसूचीमा राखेका ११० उम्मेदवार (नामावली)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad