राजनीति


म त तीन वर्षभन्दा बढी मन्त्री बस्दिनँ: महावीर पुन

म त तीन वर्षभन्दा बढी मन्त्री बस्दिनँ: महावीर पुन

नेपालखबर
असार ४, २०८३ बिहिबार १३:५९, काठमाडौँ

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू तीन वर्षभन्दा बढी मन्त्री भएर नबस्ने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विनियोजित बजेटबारे सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा मन्त्री पुनले नवप्रवर्तन र आविस्कारका लागि काम गर्न सहयोग गर्न सांसदलाई आग्रह गरे। अहिले शून्यबाट काम सुरु गर्नु परिरहेको बताउँदै कानुन बनाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन्। 

उनले विज्ञान, प्रविधि र नवप्रवर्तका क्षेत्रमा काम गर्नकै लागि आफू मन्त्री भएको बताए। विज्ञान, प्रविधि तथा नवप्रवर्तनको जग बसालेर छोड्ने उनको भनाइ थियो। ‘म त तीन वर्षभन्दा बढी बस्दिनँ। अरु तयार हुनुपर्छ, को को हुने हो,’ मन्त्री पुनले भने।

आफ्नो मन्त्रालयमा राम्रो सचिव पठाउनुपर्ने उनको भनाइ थियो। ‘सचिवहरू एकदम तखडा आउनुपर्छ,’ पुनले भने, ‘कुनै मन्त्रालयमा काम नलाग्ने, अटेर सचिवलाई त्यहाँ पठाउने होइन।’

आफूले वर्षौंदेखि नै देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को १ प्रतिशत विज्ञान तथा प्रविधिका लागि छुट्याउनुपर्ने माग गर्दै आएको उनले स्मरण गराए। अहिले त्यसअनुसार, बजेट विनियोजन नभएको भए पनि अर्को वर्षदेखि बढाउँदै लगिने उनको भनाइ थियो। 

अहिले नेपालका जीडीपी ६५ खर्बभन्दा बढी छ। त्यसको १ प्रतिशत विनियोजन गर्दा ६५ अर्बजति हुने उनले हिसाब सुनाए। त्यसपछि बल्ल आविष्कारको काममा लाग्न सकिने उनको भनाइ थियो। 

‘दोस्रो वर्षमा जीडीबीको १ प्रतिशत छुट्याउनै पर्छ। बल्ल छलाङसम्म मार्न तयार हुन्छ। छलाङ त मारिँदैन,’ पुनले भने। 
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad